बेलबारीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा भएको दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–५ का ५४ वर्षीय पशुपति भट्टराईको सोमबार साँझ मृत्यु भएको छ ।
राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक भेन ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भट्टराईको उपचारका क्रममा ...











