झापा मेचीनगर नगरपालिका-६ बद्री चोक स्थित खेतमा नबजात शिशुको शव फेला परेको छ।

आज बिहानको समयमा खेतको गहरामा सालनाल सहितको छोरी नबजात शिशुको शव फेला परेको भनि स्थानीयहरुले बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय झापामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया