खोटाङ, ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालिका– ६ बस्ने २८ बर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
आइतबार राति करिब २ बजे खोटाङको हलेसीबाट रंबुवा तर्फ जाँदै गरेको ना.५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अचानक अनियन्त्रित भई सडकबाट २५ मिटर तल झरेको थियो ।
दुर्घटनामा ट्याक्टरका चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।






















