पेचिलो बन्दै सभामुख चयन

पेचिलो बन्दै सभामुख चयन
काठमाडौँ / प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ । दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन । शनिबार स...

उधारो रकम उठाउन हिँडेका सुर्यनारायण पोखरीमा मृत फेला

उधारो रकम उठाउन हिँडेका सुर्यनारायण पोखरीमा मृत फेला
सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ। घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए। मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गर...

माछा मार्न खोलामा गएकी महिला मृत फेला

माछा मार्न खोलामा गएकी महिला मृत फेला
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-१२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छन् । शनिवार बिहान १० बजे घरबाट माछा मार्न भनी बरुवा खोलामा गएकी बेलुका सम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बरुवा खोलाको दोभानमा मृत फेला परेकी हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि  कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु

ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु
मोरङ / मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते घाईते भएका छन । शनिबार राती ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ह ४३११ नम्बरको अटोले सोही स्थानमा रोकी राखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टर लाई पछाडीबाट ठक्कर दिदा स्थानीय अटो चालक बर्ष २२ को रेवत परीयार र अटोमा सवार कानेपोखरी गाउँपालिका-...

उधारो रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव पोखरीमा फेला

उधारो  रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव  पोखरीमा फेला
सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ। घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए। मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गर...

खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते ।

खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते ।
भक्तपुर / भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्...

इटहरीका एक युवकले तमोर नदीमा हामफाले

इटहरीका एक युवकले तमोर नदीमा हामफाले
धनकुटाको तमोर नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ । ईटहरी उपमहानगरपालिका–१ आपगाछी बस्ने ३३ वर्षीय राजन चौधरी र २९ वर्षीय अञ्जिल मगर तेह्रथुम जिल्लाको तिनजुरे भन्ने स्थानमा हिउँ खेलेर फर्कने क्रममा शनिबार राती ११ उक्त पुलमा आएपछी को ३५ प ४१०१ नम्बरको मोटरसाईकल रोकेपछि राजन चौधरी तमोर नदीमा हाम फालेका थिए । घटनाबारेमा प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले पानी...

प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा

प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा
हेटौँडा / प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरेका थिए । भने ३ जना सांसदले हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मतदान गरेका थिए । त्यसै गरी नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतद...

भारतीय मालवाहक सवारी रोक लगाउन माग

भारतीय मालवाहक सवारी रोक लगाउन माग
विराटनगर / भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् । भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीले रोजगा...

एलपी ग्यासको भण्डारण क्षमता विस्तार र आफ्नै लोगोमा ग्यास उत्पादन

एलपी ग्यासको भण्डारण क्षमता विस्तार र आफ्नै लोगोमा ग्यास उत्पादन
एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ । नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताए । उनका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्ड...