हेटौँडा / प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरेका थिए ।

भने ३ जना सांसदले हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मतदान गरेका थिए । त्यसै गरी नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरेका थिए । भने बागमती नराख्ने पक्षमा मत परेकाे थिएन् ।

तपाईको प्रतिक्रिया