मोरङ / मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते घाईते भएका छन ।

शनिबार राती ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ह ४३११ नम्बरको अटोले सोही स्थानमा रोकी राखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टर लाई पछाडीबाट ठक्कर दिदा स्थानीय अटो चालक बर्ष २२ को रेवत परीयार र अटोमा सवार कानेपोखरी गाउँपालिका-३ हर्कपुर बस्ने बर्ष ७६ को पुर्ण बहादुर परीयार गम्भीर घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा पुर्ण बहादुर परीयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया