नगर प्रमुखले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई तीन लाख सहयोग
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत खातुनलाई नगर प्रमुख सरावगीले तीन लाख हस्तान्तरण गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका कार्यालयको तर्फबाट दुई लाख र नगर प्रमुख सरावगीको तलब भत्ता स्वरुप प्राप्त रकमबाट एक लाख रुपैया गरी तीन लाख रुपैयाँको चेक नगर प्रमुख सरावगी...










