चौधरी बनिन् साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला
काठमाडौँ । नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला हुन् ।
पोखराको माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ क...










