बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
बेलबारी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ...










