जेनजी आन्दोलनका क्रममा रंगेलीमा आगजनी र तोडफोड गर्ने ८ जना पक्राउ
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मोरङको रंगेली नगरपालिका, इलाका प्रशासन कार्यालय रंगेली र अन्य सरकारी कार्यालयमा आगजनी , तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका २ का प्रतिक तामांग, वडा नम्बर ३ का भुपाल भण्डारी, रुपक गौतम, वडा नम्बर ७ का आनन्द साह, वडा नम्बर ४ का रमेशकुमार मण्डल, वडा नम्बर ६ का रुपे...











