बेलबारी नगरपालिकाका प्रशासन प्रमुख खडकालाई कारबाही गर्ने निर्णय अमान्य रहेको उपमेयर कोईरालाको स्पष्टीकरण
बेलबारी । बेलबारी नगर कार्यपालिका बैठकले नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खडका माथि कारबाहीको दण्ड चलाउने निर्णय गरेपछि बेलबारी नगरपालिका उपप्रमुख नितु थापा (कोईराला ) ले असन्तुष्टि जनाएकी छिन ।
आफु बिरामी भएको जानकारी गराउँदा गराउँदै ढाँटेर कार्यपालिका बैठकमा एजेन्डा बिना नै खडकालाई कारबाही गर्ने निर्णय गरेको प्रति आफनो सहमति नरहेको उनले जनाईन । कार्यपालिका बैठकमा खडकालाई कारबाही गर्ने एज...











