बेलबारी । बेलबारी नगर कार्यपालिका बैठकले नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खडका माथि कारबाहीको दण्ड चलाउने निर्णय गरेपछि बेलबारी नगरपालिका उपप्रमुख नितु थापा (कोईराला ) ले असन्तुष्टि जनाएकी छिन ।
आफु बिरामी भएको जानकारी गराउँदा गराउँदै ढाँटेर कार्यपालिका बैठकमा एजेन्डा बिना नै खडकालाई कारबाही गर्ने निर्णय गरेको प्रति आफनो सहमति नरहेको उनले जनाईन । कार्यपालिका बैठकमा खडकालाई कारबाही गर्ने एजेण्डा नभएपनि आफु नभएकै समयमा निर्णय गरिनु दुःखद रहेको उनले बताईन । खडकालाई के हित बिपरित काम गरेर कारबाही गरिएको हो त्यो बिषय पनि आम नगरबासीहरुलाई जानकारी दिनुपर्ने उनको भनाई छ । सोमबार साँझ बसेको कार्यपालिकाको १२७ औ बैठकले खडकालाई फागुन ५ गते नगरसभा बैठक अगावै नगरपालिकाबाट अन्यत्र सरुवा लिने,प्रशासन प्रमुखबाट जिम्मेवारीमुत्त भएर कर्मचारीका रुपमा रहने लगायत ३ वटा अप्सन उपलब्ध गराएको छ ।
खडकालाई नगरपालिकाको हित बिरुद्ध काम गरेको आरोप लागेको छ । तथापि खडकाले आफुले त्यस्तो केही काम नगरेको बताएका छन । बैठकमा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा (कोईराला) कार्यपालिका सदस्य सञ्चमाया लिम्बु,बेलबारी ८ का वडाध्यक्ष धनपति गौतम भने अनुपस्थित थिए ।
बैठकमा खडकालाई नगरपालिकाको बिपरित के काम गरेको हो भन्ने बिषय खुलाईएको छैन ।

तपाईको प्रतिक्रिया