विराटनगर : कोशी प्रदेशसभाको बैठकमा ‘मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए ।विधेयकमा नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङले दर्ता गरेको संशोधनको प्रस्ताव फिर्ता लिएपछि सो विधेयक पारित भएको हो ।
विधेयकको सम्बन्धमा संविधानले दिएको अधिकारभित्र रहि विधेयक आएको र महान्यायाधिवक्ताको मातहत रहने मुख्यन्यायाधिवक्ताको सेवा, सुविधा जिल्ला न्यायाधीश वा मुख्यन्यायाधीशले प्राप्त गर्ने सरहको सुविधा प्रदान गर्न यो विधेयक ल्याइएको जानकारी दिए ।त्यसैगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ ।

तपाईको प्रतिक्रिया