बिहे गरेको ४ महिनामै अस्ता*ए नवविवाहित जोडी !
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने २३ बर्षका रमेश बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने २१ बर्षकी प्रिया बम (बुढा) सँग गत बैशाखमा भागि बिहे गरे । लामो प्रेम सम्बन्ध पछि उनीहरु गाउँबाट भागेर बिहे गरे । दुवै जना घरबाट भागेर भारत पुगे ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए । पैसा कमाएर मंसिर वा माघमा बाजुराको गाउँमा आएर ध...











