सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक
काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार का...











