काठमाडौं । सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ।

निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ। राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि भोलि ९शुक्रबार० निस्कँदैछन्। शनिबार दिउँसो नेपाल आइपुग्ने उनी आइतबार स्वदेश फर्किनेछन्। राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन्।

आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा चीन नेपाल द्वीपक्षीय वार्ता हुनेछ। उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।
अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया