रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा
बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् ।
उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पन...











