इटहरी । सुनसरीको दुहबी नगरपालिका २ दंगा नियन्त्रण प्रहरी गणको गेट अगाडि मोटरसाईकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी जवान गम्भीर घाईते भएका छन्

 

आज बिहान पौने ६ बजेको समयमा कार्यालयको कामको सिलसिलामा स ७ प ७२३८ नम्बरको मोटरसाईकलमा जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जादै गर्दा मोटरसाईकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक उदयपुरको त्रियुगा नगरपालिका १३ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ बर्षिय प्रहरी जवान सुजन रेग्मीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा पछाडि सवार रहेका मोरङको गोविन्दपुर १ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ बर्षीय जवान किरण कठैत गम्भीर घाइते छन् । उनीहरु सवार मोटरसाइकललाई बिपरित दिशातर्फ जादै गरेको को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका दुबैजनालाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

तपाईको प्रतिक्रिया