नारायणगढ-मुग्लिन सडकः प्रभावकारी बन्यो केवल बेरियरले, २ ओटा ट्रक त्रिशुलीमा खस्नबाट जोगायो

नारायणगढ-मुग्लिन सडकः प्रभावकारी बन्यो केवल बेरियरले, २ ओटा ट्रक त्रिशुलीमा खस्नबाट जोगायो
  चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ । चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिनुभएको थियो । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउ...

धरानमा चुनावी प्रचार प्रसार तीब्र

  धरान / निर्वाचन आयोगले उप निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश नं १ को धरान उपमहानगर पालिकाको रिक्त प्रमुख पदको लागि मुख्य राजनैतिक दल नेपाली काँग्रेस, एमालेसँगै संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, समाजवादी पार्र्टी र स्वतन्त्र उमेद्वारहरुको चहल पहल बड्रकाे छ । नेपाली काँग्रेसले सर्व सम्मत ढंगले नगर सभापति तिलक राईलाई उमेद्वार बनाएको छ ...

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु
मध्यपुरथिमि / छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । य...

बरको रुखमा कटेज, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै

बरको रुखमा कटेज, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै
काठमाडौं । रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ। तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ। अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बू र हेमकुमार लिम्बूको रुखमा कटेज निर्माण गर...

गछियामा शनिबार मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेताको निधन

गछियामा शनिबार मोटरसाइकल दुर्घटनामा  विद्यार्थी नेताको  निधन
मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा मोटारसाइकल चालक एक जनाको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउनुले जानकारी दिनुभयो। मृत्यु हुनेमा को २५ प ९...

इटहरीका खुकुरी आतंकबाट कुकुरको हत्या गर्ने पक्राउ

इटहरीका खुकुरी आतंकबाट कुकुरको हत्या गर्ने पक्राउ
इटहरी । बुधबार राती इटहरी १ स्थित हलगडामा कुुकुरको कुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यलयले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले. खुकुरी आतंक मच्चाएर घर पालुवा कुकुरको हत्या गरेका थिए । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले सन्दिप राई,विश...

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा
धनुषा / आइतबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामि...

ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा

ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा
  काठमाडौं । हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रका सबै सम्पदालाई २०७२ को विनाशकारी भूकम्पले कुनै न कुनै रूपमा क्षति पु¥याएको थियो । मुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनःनिर्मा...

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान
काठमाडौँ / मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो । जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका ...

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक
  काठमान्डाैं / देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । आज...