प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीको डिआइजी हुने, डिएसपी र सो मुनिको कर्मचारी समायोजनमा जाने
प्रदेश प्रहरीको नेतृत्व नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले गर्ने भएका छन्। राज्य व्यवस्था समितिले प्रहरी समायोजन सम्बन्धि विधेयकमा सहमति जुटाउँदै डिआइजीलाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाउन लागेको हो। यसरी प्रदेशमा खटिने डिआइजीले प्रदेश अनुसारको दर्ज्यानी चिन्ह लगाउनेछन्।
प्रतिनिधि सभामा पेश भएको समितिको प्रतिवेदन अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी) र त्यो भन्दा म...









