प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीको डिआइजी हुने, डिएसपी र सो मुनिको कर्मचारी समायोजनमा जाने

प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीको डिआइजी हुने, डिएसपी र सो मुनिको कर्मचारी समायोजनमा जाने
  प्रदेश प्रहरीको नेतृत्व नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले गर्ने भएका छन्। राज्य व्यवस्था समितिले प्रहरी समायोजन सम्बन्धि विधेयकमा सहमति जुटाउँदै डिआइजीलाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाउन लागेको हो। यसरी प्रदेशमा खटिने डिआइजीले प्रदेश अनुसारको दर्ज्यानी चिन्ह लगाउनेछन्। प्रतिनिधि सभामा पेश भएको समितिको प्रतिवेदन अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी) र त्यो भन्दा म...

१५ लाखको लगानीमा खुल्यो ‘चेन्जिङ रूम’ सहितको ‘कपडा बैंक’

१५ लाखको लगानीमा खुल्यो ‘चेन्जिङ रूम’ सहितको ‘कपडा बैंक’
    धनगढी उपमहानगरपालिका-४ मा 'कपडा बैंक' सञ्चालनमा आएको छ। शिवपुरीधामको जग्गामा तीन दाजुभाइ मिलेर यो काम सुरू गरेका हुन्। गोपाल, श्याम, देवेन्द्र हमालले केही दिनअघि सञ्चालनमा ल्याएको 'कपडा बैंक'को सोमबार औपचारिक उद्घाटन भएको छ। तीन वर्षअघि नै बनेको यो योजनाले सोमबारदेखि मूर्त रूप लिएको व्यवसायी गोपालले बताए। उनका अनुसार उनीहरूले १५ लाख रूपैयाँ लगानी गरेर निःशुल्क कपडा वितरण...

रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो, ट्रकको खोजीकार्य जारी

चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला च...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियारको छापा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियारको छापा
  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले छानबिन गर्न कागजात नियन्त्रणमा लिएको छ । अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमितता भएको उजुरीलाई आधार मानेर छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए। त्यसैगरी, यस वर्ष खर...

पितृप्रसाद खाँदा १८ बिरामी

पितृप्रसाद खाँदा १८ बिरामी
सिन्धुली / दूधौली नगरपालिका–६ हर्षाही माझखर्कमा पितृप्रसाद खाँदा १८ जना बिरामी परेका छन् । स्व देवनारायण दाहालको मासिक शनिबार गरिएको थियो । स्थानीय डम्बरकुमारी दाहालको घरमा शनिबार पितृप्रसाद खाएकामा आज बिहानैदेखि बिरामी पर्न थालेका दूधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो । स्थानीयवासीलाई बिहानदेखि टाउको दुख्ने र बान्ता तथा झाडापखाला लागेको उहाँको भनाइ छ । एकै गाउँमा १८ जना बिरा...

निर्मलालाई न्याय माग्दा प्रहरीको गोली लागेका भण्डारीलाई मासिक २५ हजार दिइने

निर्मलालाई न्याय माग्दा प्रहरीको गोली लागेका भण्डारीलाई मासिक २५ हजार दिइने
  सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए। सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्को...

फूल-तरकारीका बीउ अब ‘एटिएम’ बाटै किन्न सकिने

केही समयअघि ललितपुर महानगरपालिका कार्यालयको प्रांगणमा राखिएको 'पानी एटिएम' ले निकै चर्चा पायो। अहिले फेरि कार्यालयको गेटैमा नयाँ मेसिन राखिएको छ जसलाई 'बीउ एटिएम' नाम दिइएको छ। यो मेसिनबाट विभिन्न तरकारी र फलफूलका बीउ निकाल्न सकिन्छ। सहरी आवश्यकता र कौसी खेतीलाई ध्यानमा राखेर उन्नत जातका बीउ 'भेन्डिङ मेसिन' मार्फत् वितरण गर्ने कार्यक्रम अघि सारिएको महानगरका कृषि शाखा प्रमुख केशव अधिकारीले बत...

पहिरोमा ज्यान गुमाएका परिवारलाई छ लाख सहयोग

पहिरोमा ज्यान गुमाएका परिवारलाई छ लाख सहयोग
बागलुङ / बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको...

कारागारमा कैदी बन्दी माथि आक्रमण, एक जनाको मृत्यु

कारागारमा कैदी बन्दी माथि आक्रमण, एक जनाको मृत्यु
    काठमाडौं / शुक्रबार अपरान्ह १ बजेको आसपासमा नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो । यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्...

उदयपुरमा बाढी पीडितका घरटहरा निर्माण हुँदै

उदयपुरमा बाढी पीडितका घरटहरा निर्माण हुँदै
गाईघाट, साउन १७ गते । असारको चौथो साता आएको पाँच दिनसम्मको भीषण वर्षासँगै बाढीको कारण घरटहरा गुमाएका उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी पीडितहरुका लागि तत्काल नगरपालिकाले पुनस्र्थापनाका लागि घरटहरा निर्माण प्रक्रिया अगाडि बढाएको छ । बेलका नगरपालिकाले एक बाढीपीडित अनुगमन समिति गठन गरेर बाढीका कारण घरटहरा गुमाएर विस्थापित हुन पुगेकाका लागि पहिलो चरणमा लगत संकलन कार्य सम्पन्नसँगै अब उनीहरुका ल...