सुनको मूल्य बढ्यो
आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हज...