बिहीबार सुनको भाउ सस्तिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला  १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन (बुधबार ) प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। सो दिन ११ सय रुपैयाँले घटेको थियो।

आज तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १३७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया