सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको  थियो।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा  दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ।

तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया