थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने
काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् ।
फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् ।
महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीव...











