बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शपछि राजीनामा नदिएर फर्किएका हुन् ।
प्रधानमन्त्रीले आफूले संसद्बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ...