आजकाे माैसम : काेशी सहित यि ५ प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जानकारी दिएको छ ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
...