प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन
काठमाडौँ । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र ।
अस्पताल पेटीमा बुबा ९ठूलो बुबा० कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई...