काठमाडौँ । राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम छानेको थियो । सिफारिसमा परेका मध्ये ४ जना पूर्व एमाले र ३ जना पूर्व माओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्व एमालेका हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिका हुन् ।

पार्टीले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको हो । मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् ।

को कुन प्रदेश प्रमुखरु

प्रदेश १, सोमनाथ प्यासी
प्रदेश २, तिलक परियार
प्रदेश ३, विष्णु प्रसाई
गण्डकी, अमिक शेरचन
प्रदेश ५, धर्मनाथ यादव
कर्णाली, गोविन्द कलौनी
सुदुरपश्चिम, शर्मिला त्रिपाठी

अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया