फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने

फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो । फोक्सिङटारमा करिब ५० मिटर ...

दुर्घटनामा सुन्दरहरैँचाका मेयर गुरागाईंको भाउजूको निधन

दुर्घटनामा सुन्दरहरैँचाका मेयर गुरागाईंको भाउजूको निधन
मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको जेठी भाउजू सीता गुरागाईंको सडक दुर्घटनामा निधन भएको छ । ६४ वर्षीया सीता गुरागाईंलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेज लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको थियो । सुन्दरहरैँचा स्थित खोर्सानेमा मंगलबार राती खोर्साने केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १(०२(०४६ प ३२१२ नं को मोटरसाइकलले...

सुन्दरहरैचाका मेयर सम्मानित

सुन्दरहरैचाका मेयर सम्मानित
सामाजिक सुरक्षा दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ सहित ५ जना सम्मानित भएका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् । सम्मानित भएका मध्ये सुन्दरहरैचाका मेयर गुरागाँइले भने आफ्नै पालिकाका ३५ कर्मचारीलाई सामाजिक सुरक्षा कोषबाट वञ्चित गराएका छन् । गत वर्ष २८ जना र यस पटक ७ जना गरी ३५ ...

इटहरी स्थित राष्ट्रिय माविको ६९औं वार्षिकोत्सव सम्पन्न, ७५ विद्यार्थीलाई १.३७ लाखको छात्रवृत्ति वितरण

इटहरी /  इटहरी वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ। विद्यालयको ६९औं वार्षिकोत्सवका अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट रु. १,३७,०४२ बराबरको छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयले हालसम्म ७५ जना दाताबाट रु. २०,८८,७७१ बराबरको अक्षयकोष स्थापना गरेक...

विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा

विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा
विराटनगर । मैथिली एसोसिएसन नेपालले विराटनगरमा आयोजना गरेको मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकद्वारा  आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते हुने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष प्रविणनारायण चौधरीले जानकारी दिनुभयो । यसैगरी अन्य ४५ विशिष्ट व्यक्तित्वहरुलाई सम्म...

मोरङको ग्रामथान गाँउपालिकाका ४ वटा मतदानस्थल संवेदनशील

मोरङको ग्रामथान गाँउपालिकाका ४ वटा मतदानस्थल संवेदनशील
मोरङको ग्रामथान गाउँपालिकामा आगामी उपनिर्वाचनका लागि तोकिएकामध्ये ४ वटा मतदानस्थललाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ । ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो । सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस...

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्व...

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वत / स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थान...

‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले दिए ओलीलाई प्रष्टीकरण

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्। ‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढाव...

उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु

उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु
उदयपुर : उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छन्। मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो। कारका चालक र एक सवारसमेत ...