मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको जेठी भाउजू सीता गुरागाईंको सडक दुर्घटनामा निधन भएको छ ।
६४ वर्षीया सीता गुरागाईंलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेज लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको थियो । सुन्दरहरैँचा स्थित खोर्सानेमा मंगलबार राती खोर्साने केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १(०२(०४६ प ३२१२ नं को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनी सुन्दरहरैँचा नगरपालिका–१० निवासी हुन।गुरागाईंको दुई छोरा, एक छोरी र श्रीमान् छन । उनी मेयर गुरागाईंका जेठा दाजु गणेशप्रसाद गुरागाईंकी धर्मपत्नी हुन। उनको आज दिउँसो दुई बजे बेलबारीस्थित लोहन्द्रा घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया