रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक लाइभमा उपस्थित भई उनले नाउपा छोडेको घोषणा गर्दै नयाँ पार्टी “नागरिक उन्मुक्ति पार्टी, नेपाल” गठनको जानकारी दिएका हुन्।
थारु आन्दोलन र मधेस–तराईको पहिचान राजनीतिबाट उदाएका चौधरी कैलालीको टिकापुर घटनापछि लामो समय जेल जीवन बिताएर च...











