इटहरीको सडकमै स्थानीयले रोपे धान
इटहरी : इटहरी उपमहानगरपालिका–१० स्थित ओसियन पार्क नजिकको सडकमा स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।वर्षौंदेखि मर्मत नहुँदा हिलाम्य बनेको सडकको दयनीय अवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउन धान रोपिएको हो।
स्थानीयका अनुसार केही समयदेखिको अविरल वर्षापछि बाटो हिँड्नै नसकिने गरी हिलाम्य बनेको छ।
मोटरसाइकल र साना सवारी साधन तथा पैदल हिँड्नसमेत मुस्किल हुने स्थितिमा सडक पुगेको भन्दै उ...











