१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लामो समयपछि आफ्नो घर पुगेकी छन् । उनी मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीमा रहेको पति स्वः मदन भण्डारीको निवास पुगेकी हुन् ।
करिब १० वर्षपछि सोमबार दिउँसो घरमा पुगेकी उनले करिब २ घण्टा त्यहाँ बिताइन् र स्थानीयसँग भलाकुसारी पनि गरिन् । सातमेडी पुगेर विद्याले मदन भण्डारीले गरेका मिहिनेत सम्झिन् । आफ्ना विगत सम्झने क्रममा उनले पार्टी जन्मिएको स्थानला...











