उदयपुर । उदयपुरबाट एउटा बस चोरी भएको छ । कटारी नगरपालिका–३ स्थित कटारी बसपार्कमा पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२–००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको हो ।
बस कतिबेला चोरी भयो भन्ने यकिन भइसकेको छैन । घटनाका बारेमा बसका चालक कटारी–४ का विजय चौधरीले सोमबार इलाका प्रहरी कार्यालय कटारीमा जारी गराएका थिए । अपरिचित व्यक्तिले बस चोरी गरेर लगेको जानकारी उनले दिएका हुन् ।प्रहरीले भने घटनालाई शंकास्पद मानेको छ । यद्यपि, चोरी भएको बसको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बसको खोजीका लागि विभिन्न युनिटबाट प्रहरी परिचालन गरिएको छ । घटना शंकास्पदजस्तो देखिएकाले विभिन्न कोणबाट अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।


















