विराटनगर । नेपाल सरकारका पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
पूर्वभूमिसुधार मन्त्रीसमेत रहेका सुब्बाविरुद्ध एक महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुन् ।सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् ।
पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दुर्व्यवहार गरेको फिरादपत्रमा उल्लेख छ । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।
श्रीमानसहित परिवारका सदस्यहरूले ती महिलालाई हेलाहोचो गरी घरबाट निकाला गरेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी छन् ।महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र परिवारको यातनाको कारण सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकी महिला माइतीमै बस्दै आएकी थिइन् । उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ ।
माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको भन्दै अपमान गरेपछि विवाद भएको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला ९सुनिता घिमिरे० कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन् ।
सुब्बाले गोपाल आफ्नै घरमा बस्ने केटो भएकाले परिवार बिखण्डन हुन लागेकाले छलफलमा गएको बताएका छन् । उनले आफूले कुनै दुर्ब्यबहार नगरेको बताए ।

तपाईको प्रतिक्रिया