केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु
केराबारी । मोरङको केराबारीमा रहेको एउटा क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनला...










