बाढी,पहिरोलगायतका विपद्मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्य...