त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार
चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको अत्तोपत्तो नलागेपछि परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिदिएका हुन्।
बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्ती ४३ वर्षीया कुसमी देवीको अवस्था दुर्घटना भएको ६ दिन भइसक्...