संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर
काठमाडौं। कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।
पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैन...











