कांग्रेस अधिवेशनको मिति तेस्रोपटक हेरफेर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६ गतेको केन्द्रीय समिति बैठकबाट कांग्रेसले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेको थियो ।
सोमबारको बैठकले भने संशोधित सबै तहका कार्यतालिकालाई पारित गर्दै केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै ...











