कृषि क्षेत्रलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरिरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको हो ।

आर्थीक बर्ष ०७७÷०७८ को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको र कृषि पहिलो प्राथमिकता रहेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । कृषकका खेतवारीमा सिचाईका लागि पैनी, कुलो मर्मत देखी उत्पादन गरीएका विरुवाहरुको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक बिनोद दाहालले बताए ।

बेलबारी ४ मा गत बर्ष यहि कार्यक्रम मार्फ १० हजार भन्दा वढि सुपारीका विरुवा रोपिएका थिए अहिले तिनै विरुवाको गोडमेल तथा मलजल गरीरहेका छौँ उनल भने । यस्तै केही वडाहरुमा भने ड्रेन निर्माण खानेपानी विस्तार तथा बिद्यालय मर्मतको काम समेत गरीरहेका छन ।

यसैगरी सोही कार्यक्रम मार्फत नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताए । न्यून आय भएकाहरुको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी गरीखाने परिवारलाई यो कार्यक्रमले राहत समेत मिल्ने विश्वास गरीएको छ । काम गर्नेहरुलाई मास्क,ग्लोबस तथा सेनिटाइजरको प्रयोग समेत अनिवार्य गरीएको छ ।

तपाईको प्रतिक्रिया