नेपालमा काेराेना संक्रमितकाे सख्या ३५७ पुग्याे
बाँके जिल्लामा मात्र ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा मात्र थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। बाँकेमा ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पत...











