कोरोनासँग जुध्न नेपाललाई ईयूको ९ अर्ब ८० करोड
काठमाडौं : युरोपेली संघ (ईयू) ले नेपाललाई कोरोना भाइरस महाव्याधि (कोभिड–१९) सँग जुझ्न ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ। कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
यो सहयोग ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो...











