काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई आइतबार अपरान्ह गाडी चढाएर विराटनगर पठाइएको छ । विराटनगर महानगरपालिकासँगको समन्वयमा मोरङ समाज काडमाडौंले विवरण तयार गरी बसमा चढाएर पठाएको हो ।

समाजका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार उनीहरुलाई सातवटा गाडीमा चढाएर विराटनगर पठाइएको जानकारी दिए । विराटनगर जानका लागि गाडीमा चढ्नुअघि उनीहरुलाई सेनिटाइज गरेर मास्क र ग्लोब्स लगाइदिएको बताए ।

सातवटै गाडीहरु काठमाडौं विराटनगरका हिंडेको पनि उनले जानकारी दिए ।

महानगरपालिकाले काठमाडौंमा बस्दै आएका र लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुका लागि घर फर्किने सुविधा स्वरुप बस पठाएको जनाइएको छ ।

त्यसैगरी विराटनगरमा अलपत्र परेका व्यक्तिहरुलाई बस व्यवसायी र महानगरपालिकाको सहकार्यमा आइतबारै काठमाडाैं लगायतका स्थानमा पठाइएको वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया