विराटनगर आसपासमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर जाँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।

बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं ।

यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’ लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको ती अधिकृतले बताए ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् ।

उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

तपाईको प्रतिक्रिया