बाढीले बगाएर एकजनाको मृत्यु

बाढीले बगाएर एकजनाको मृत्यु
कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएकी थिइन्। तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा...

बालिका बलात्कार आरोपी पक्राउ

बालिका बलात्कार आरोपी पक्राउ
१३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन्। घर परिवारका सदस्य रोपाइँमा गएको मौका छोपी आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको बेला  ५० वर्षीय मानिसले बलात्कार गरेको आफन्तको आरोप छ। बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पोषण थापाले बताए । उनले भने, 'सुस्त मनस्थिति समेत भएकी बालिकाला...

झापामा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति

झापामा  १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए । हावाहुरीबाट दुई करोड ७६ लाख ४० हजार, बाढीबाट एक करोड ५० लाख, आगलागीबाट नौ करोड ८३ लाख ६ सय र चट्याङ...

मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्‍याएको हो ।   कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए।  उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थाले...

व्यवस्थापन शिक्षामा ‘अब्बल’ विराटनगरको मेरिल्याण्ड कलेज

व्यवस्थापन शिक्षामा ‘अब्बल’ विराटनगरको मेरिल्याण्ड कलेज
विराटनगर । विराटनगर कोशी प्रदेश कै शैक्षिक हबको रूपमा स्थापित भइसकेको छ । यहाँ विभिन्न निजी शैक्षिकसंस्थाहरू छन् । जो आफूलाई अब्बल र गुणस्तरीय ठान्दछन् । विभिन्न कलेजले भिन्नाभिन्नै विषयमा आफूलाई स्थापित गराउने प्रयत्न गरिरहेका छन् भने कतिपयले स्थापित गरिसकेका छन् । उदाहरणका लागि विराटनगर–७ स्थित रङ्गेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजलाई हेर्न सकिन्छ । मेरिल्याण्ड कलेजले व्यवस्थापन श...

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु
इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ।  इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।  इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन...

झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ

झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, चोरीको सुनको औँठी बिक्री गर्ने कार्यमा संलग्न २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने पाथिभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा, सुनको औँठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका ...

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : नेता डा.कोइराला

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : नेता डा.कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत ब्यक्त गरे । कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकक...

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो
 उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण मृत्यु हुनेको संख्या १२२ पुगेको छ। प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए। भीड सभामा समय एक्कासी भागदौड मच्चिँदा ठूलो सङ्ख्यामा हताहत भएको हो। घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका ज...

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।   मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पु...