राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह
नेकपा(एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो । सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर...

लमजुङको पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो

लमजुङको पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो
लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो । मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीह...

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । प्रहरी चौकी...

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ । यस्तो सार्वजनि...

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज
सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । यो सँगै हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारको वैधतामाथि उठेको प्रश्न निरुपण भएको छ । न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्द...

वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैय...

इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने

इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने
इजरायलले ८ सय नेपाली कामदार लैजाने भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार (असार ११) गते सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ। ...

विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध

विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध
विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकरण गर्न कपडाको झोला प्रयोगमा ल्याउने उपायहरु अवलम्बन गर्ने उल्लेख गरिएको हो । आगामी नयाँ आर्थिक वर्षको प्रारम्भसँगै साउनदेखि प्...

सुरुंगामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुंगामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका-३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा–झापा भित्री पक्की सडकखण्डमा अटोले ठक्कर दिँदा ओमप्रकाश भेटवालको मृत्यु भएको हो । मदरगाछबाट सुरुङ्गा आउँदै गरेको प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई-३ सुरुङ्गा बस्ने ६० वर्षी...

झापमा चट्याङ लागेर दुईको मृत्यु

झापमा चट्याङ लागेर दुईको मृत्यु
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका २ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका ८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले पुष्टि गरे । उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। साथै, गौरीगञ्ज...