विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।
विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकरण गर्न कपडाको झोला प्रयोगमा ल्याउने उपायहरु अवलम्बन गर्ने उल्लेख गरिएको हो ।
आगामी नयाँ आर्थिक वर्षको प्रारम्भसँगै साउनदेखि प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नियन्त्रण गर्ने तयारी गरिएको हो । महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक झोलालाई प्रयोग प्रतिबन्ध लगाउने तयारी भईरहेको जानकारी दिएकी छिन् ।

तपाईको प्रतिक्रिया