इजरायलले ८ सय नेपाली कामदार लैजाने भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार (असार ११) गते सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो।

इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ।

८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको र त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने विभाग जनाएको छ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्।
May be an image of ticket stub, blueprint and text

 

तपाईको प्रतिक्रिया